शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पश्चिम नेपालमा हावाहुरीसहित असिना वर्षाको सम्भावना

पश्चिम नेपालमा हावाहुरीसहित असिना वर्षाको सम्भावना

देशको पश्चिमी भू–भागमा आज अपरान्हपछि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहितको क्षणिक वर्षाको सम्भावना छ। 
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं - देशको पश्चिमी भू–भागमा आज अपरान्हपछि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहितको क्षणिक वर्षाको सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने छ। 

महाशाखाले अपरान्हपछि देशको पश्चिमी भू–भागमा स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभाव रहने जनाएको छ। 

यस्ताे छ तीन दिनको मौसमी पूर्वानुमान 

२०७८ वैशाख ७ गते (मंगलबार) 

दिउँसो: देशको सुदूरपश्चिम प्रदेश, कर्णाली,गण्डकी  तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा अपरान्हपछि मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति:  देशको सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

२०७८ वैशाख ८ गते (बुधबार) 

दिउँसो: देशभर आ‌शिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका धेरै र बाँकि प्रदेशहरुका केही स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।देशका धेरै स्थानहरुमा तुवाँलोको सम्भावना छ।

राती:  देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

२०७८ वैशाख ९ गते (बिहीबार) 

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही  केही स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका थोरै स्थानहरूमा तुवाँलोको सम्भावना छ।

राति:  देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: Apr 20, 2021| 01:24 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।