शुक्रबार, भदौ १२, २०८३

कोभिड-१९ विरुद्धको खोपको दोस्रो मात्रा लगाइँदै

नेपालमा मंगलबार (आज) देखि कोभिड-१९ विरुद्धको खोपको दोस्रो मात्रा लगाइँदै छ।
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

काठमाडाैं - नेपालमा मंगलबार (आज) देखि कोभिड-१९ विरुद्धको खोपको दोस्रो मात्रा लगाइँदै छ। माघ १४ देखि फागुन १० गतेसम्म कोभिड-१९ को पहिलो मात्रा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा दिइने छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले वैशाख ११ गतेसम्ममा खोप लगाएका चार लाख ३८ हजारलाई दोस्रो मात्रा कोभिशिल्ड खोप लगाइने बताए। 

पाँच दिन चल्ने दोस्रो मात्राको खोप अभियानमा मन्त्रालयले माघ १४ देखि १६ तथा माघ २७ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएकाले वैशाख ७ गते खोप लगाउने तालिका बनाएको छ।

यस्तै माघ १८ देखि २२ गते र फागुन २ गते लगाएकाले ८ गते, माघ २३ र फागुन ३ गतेदेखि ५ गतेसम्म लगाएकाले ९ गते, माघ २४ गते र फागुन ६, ८ र ९ गते लगाएकाले १० गते तथा माघ ३०, फागुन ७ र १० गते लगाएकाले वैशाख ११ गते दोस्रो मात्राको खोप लगाउने तालिका बनाइएको छ।

यसअघि पहिलो चरणमा सरकारले अग्रपंक्तिमा खटिएकाहरूलाई खोप लगाएको थियो। उनीहरूलाई नै दोस्रो मात्रा खोप दिइन लागिएको हो।

प्रकाशित: Apr 20, 2021| 01:00 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।