शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंकको निर्देशन : कोरोना जोखिमबाट बच्न आर्थिक कारोबार विद्युतीय माध्यमबाट गरौं

राष्ट्र बैंकको निर्देशन : कोरोना जोखिमबाट बच्न आर्थिक कारोबार विद्युतीय माध्यमबाट गरौं

 नेपाल राष्ट्र बैंकले कोरोना संक्रमण जोखिम न्यूनीकरण गर्दै आवश्यक सतर्कतासहित वित्तीय कारोबार गर्न सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। 
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले कोरोना संक्रमण जोखिम न्यूनीकरण गर्दै आवश्यक सतर्कतासहित वित्तीय कारोबार गर्न सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। 

बैंकले राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी सोमबार यस्तो निर्देशन दिएको हो। 

निर्देशनमा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीको संक्रमण जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपाय अवलम्बन गर्न भनिएको छ।

यस्तै सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरीका कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्न र सकेसम्म विद्यतुीय माध्यमबाट कारोबार गर्न गराउन प्रोत्साहित गर्न निर्देशन दिइएको छ।

प्रकाशित: Apr 19, 2021| 16:48 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्