शनिबार, असोज १०, २०८३

हवाई भाडा बढ्यो

विभिन्न गन्तव्यअनुसार न्यूनतम १० रुपैयाँदेखि ८५ रुपैयाँसम्म भाडा बढेको छ।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं– वायुसेवा सञ्चालक संघले हवाई भाडा बढाएको छ। आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएसँगै संघले विभिन्न गन्तव्यको फ्युल सरचार्ज बढाएको हो।

विभिन्न गन्तव्यअनुसार न्यूनतम १० रुपैयाँदेखि ८५ रुपैयाँसम्म भाडा बढेको छ।

संघका अनुसार न्यूनतम हवाई वृद्धि भएका गन्तव्यमा सुर्खेत–ताल्चा, सुर्खेत–चौरजहारी र रामेछाप–लुक्ला छन्। यी गन्तव्यमा १० रुपैयाँमात्र भाडा बढेको छ। सबैभन्दा बढी भने काठमाडौं–धनगढीमा ८५ रुपैयाँ बढेको छ।

प्रकाशित: Apr 19, 2021| 16:18 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्