शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनी प्रदेश सरकारमा सहभागी जसपाका ४ सांसद निलम्बित

लुम्बिनी प्रदेश सरकारमा सहभागी जसपाका ४ सांसद निलम्बित

लुम्बिनी प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएका जनता समाजवादी पार्टी जसपाका ४ सांसद निलम्बित भएका छन्।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं- लुम्बिनी प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएका जनता समाजवादी पार्टी जसपाका ४ सांसद निलम्बित भएका छन्।

सोमबार मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा मन्त्रीमा नियुक्त भएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई जसपा लुम्बिनी प्रदेश समितिले सम्पूर्ण जिम्मेवारीबाट निलम्बित गर्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ।

जसपाका प्रदेश अध्यक्ष अशोक यादवले एक विज्ञप्ति जारी गर्दै पार्टीका निर्णयविपरीत गई शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै उनीहरुलाई सरकारबाट फर्किन निर्देशनसमेत दिएका छन्।

उनीहरुलाई सरकारबाट फर्किन निर्देशन दिँदै २४ घण्टा स्पष्टीकरण सोध्ने र स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआउँदासम्मका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्वन गरिएको विज्ञप्तिमा जनाइएको छ। साथै चित्तबुझ्दो स्पष्टीकरण नआएको खण्डमा निजहरुलाई सांसद पद नहरने गरी कारबाहीका लागि सम्पूर्ण कानूनी प्रकृया अवलम्बन गरिने पनि विज्ञप्तिमा जनाइएको छ।

सोमबार नै जसपाले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको मत दर्ता गराएको थियो। नेकपा माओवादी, नेपाली कांग्रेससहित जसपाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएकै दिन जसपाका ४ सांसद सरकारमा सहभागी भएका हुन्।

May be an image of text

प्रकाशित: Apr 19, 2021| 14:34 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।