काठमाडौं- कोरोना भाइरसको संक्रमण बढेको भन्दै सरकारले 'नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण आदेश' जारी गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो आदेश जारी गर्ने निर्णय गरेको हो।
आदेशअनुसार अब सबै सार्वजनिक सवारीमा मास्क अनिवार्य गरिएको छ। यस्तै हवाई यात्रुले मास्क र भाइजर अनिवार्य रूपमा लगाउनुपर्ने व्यवस्था गरिएको छ।
यस्तै २५ जनाभन्दा बढी मानिस एकैठाउँमा भेला हुन नपाउने समेत व्यवस्था गरिएको छ।
यसैगरी, सहरी क्षेत्रका विद्यालयमा पनि भौतिक रूपमा कक्षा संचालन गर्न नपाइने भएको छ। संक्रामक रोग ऐन, २०२० को दफा २ प्रयोग गरेर उक्त आदेश जारी गरिएको हो।
यस्तो छ आदेशको पूर्णपाठ
