शुक्रबार, भदौ १२, २०८३

कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि संशोधन

पटकपटक ताेकेकाे समयावधिमा पनि जिल्लाबाट क्रियाशील सदस्यहरूकाे पूर्ण विवरण केन्द्रमा नआएपछि महाधिवेशन कार्यतालिका हेरफेर गरिएको हो।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं- नेपाली कांग्रेसकाे महाधिवेशन कार्यतालिका फेरि संशोधन भएको छ। सोमबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने निर्णय गरेको हो। 

पटकपटक ताेकेकाे समयावधिमा पनि जिल्लाबाट क्रियाशील सदस्यहरूकाे पूर्ण विवरण केन्द्रमा नआएपछि महाधिवेशन कार्यतालिका हेरफेर गरिएको हो।

संशोधित कार्यतालिका अनुसार अब वैशाख १५ गतेभित्र सबै क्रियाशील सदस्यको विवरण इन्ट्री गरिसक्नुपर्ने छ। '१५ गते राति १२ बजे कम्युटरमा सिस्टम बन्द हुन्छ। त्यसपछि राेकिन्छ, इन्ट्री हुन सक्दैन,' नेता लेखकले भने।

वैशाख १७ गतेसम्ममा क्रियाशील सदस्यहरूको विवरण र निर्णयको प्रतिलिपि केन्द्रमा बुझाउनुपर्ने उल्लेख गरिएको छ।

हालसम्म सप्तरी र सिन्धुपाल्चोकको क्रियाशील सदस्यताको विवरण केन्द्रमा आएको छैन। यस्तै बारा र साेलुमा पनि ढिलाे भएकाले ती जिल्लाका हकमा वैशाख ३० गते अन्तिम म्याद कायम गरिएको बताइएको छ।

६ लाख भन्दा बढी पुगे क्रियाशील सदस्य
पार्टी कार्यालयको विवरणअनुसार सोमबार दिउँसो २ बजेर १९ मिनेटसम्ममा कांगेसका ६ लाख ०५ हजार ४०३ जना क्रियाशील सदस्य सूचीकृत भएका छन्। 

यीमध्ये ३ लाख १९ हजार ३३५ जनाको सदस्यता नवीकरण गरिएको हो भने २ लाख ८६ हजार ६८ जना नयाँ क्रियाशील सदस्य थपिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए। 

क्रियाशील सदस्यता थपिने क्रम अझसम्म पनि नरोकिएको र देशभरका विभिन्न जिल्लाबाट नवीकरण र नयाँ सदस्यको प्रविष्टि भइरहेको उनको भनाइ छ।  

प्रकाशित: Apr 19, 2021| 13:13 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।