काठमाडौं- सरकारले विद्यालय तथा कलेजमा तय भइसकेका परीक्षा तथा चिकित्सा शिक्षाको परीक्षा नरोक्न आदेश दिएको छ।
आज (सोमबार) बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले जनस्वास्थ्यका मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्नुपर्ने निर्णय भएको जानकारी दिएका छन्।
कोरोना संक्रमण बढेपछि विशेषगरी काठमाडौं, भक्तपुर, ललितपुरका सबै महानगरपालिका तथा नगरपालिकामा भौतिक रुपमा उपस्थित नगराई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।
यस्तै सरकारले विराटनगर, भरतपुर, पोखरा र वीरगंज महानगरपालिका, इटहरी, धरान, जनकपुर, हेटौडा, बुटवल, तुलसीपुर, घोरही, नेपालगञ्ज तथा धनगढी उपमहानगरपालिकामा पनि भौतिक रुपमा उपस्थित नगराई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।
मेची, दमक, राजविराज, बनेपा, धुलिखेल, सिदार्थनगर, विरेन्द्रनगर तथा रत्ननगर नगरपालिकामा रहेका शैक्षिक संस्था, ट्युसन सेन्टर, लालित केन्द्रमा शैक्षिक संस्था वैशाख मसान्तसम्म भौतिक रुपमा उपस्थित नगराई भर्चुअल रुपमा कक्षा सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ।
