शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर मन्त्री बन्ने सांसदलाई जसपाले कारबाही गर्ने

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर मन्त्री बन्ने सांसदलाई जसपाले कारबाही गर्ने

जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता सहसराम यादवले दलको निर्णय विपरीत मन्त्री भएका चार सांसदलाई कारबाही गर्ने बताएका  छन्।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

बुटवल– जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता सहसराम यादवले दलको निर्णय विपरीत मन्त्री भएका चार सांसदलाई कारबाही गर्ने बताएका  छन्।

‘अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर दलको बैठकको निर्णय अस्वीकार गर्नुभएको छ, यसको जवाफ दिन्छौं,’ उनले भने। उनीहरुलाई कस्तो कारवाही गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका चार सांसद मन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र मानिएका लुम्बिनीका मुख्यमन्त्री पोखरेलले आफूविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सन्तोष पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र हस्ताक्षर नगरेकी कल्पना पाण्डे मन्त्री बनेका हुन्।
 

प्रकाशित: Apr 19, 2021| 12:16 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।