शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारका प्रवक्ता भन्छन्- सरकार परिवर्तनका गतिविधि नभएकाले अधिवेशन अन्त्य

सरकारका प्रवक्ता भन्छन्- सरकार परिवर्तनका गतिविधि नभएकाले अधिवेशन अन्त्य

'सरकार परिवर्तनको कुनै गतिविधि नभएकाले संसद् स्थगित गरिएको हो। हामीले उहाँहरूलाई लामै समय दिएका पनि हौँ। तर नयाँ सरकार बनाउने कुनै काम पनि अघि बढेनन्,' प्रवक्ता गुरुङले भने, 'अविश्वासको प्रस्ताव छल्नका लागि सरकार भागेको होइन।'
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं- सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकार परिवर्तनका कुनै पनि गतिविधि नभएकाले सरकारले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको दाबी गरेका छन्। मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले यस्तो दाबी गरेका हुन्। 

'सरकार परिवर्तनको कुनै गतिविधि नभएकाले संसद् स्थगित गरिएको हो। हामीले उहाँहरूलाई लामै समय दिएका पनि हौँ। तर नयाँ सरकार बनाउने कुनै काम पनि अघि बढेनन्,' प्रवक्ता गुरुङले भने, 'सरकारलाई दिएको समर्थन पनि फिर्ता पनि नगर्ने तर नयाँ सरकार बनाउन हतार गर्नेहरूका पनि कुनै गतिविधि नभएकाले अधिवेशन अन्त्य भएको हो।'

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव छल्नका लागि अधिवेशन अन्त्य नगरिएको दाबी उनको छ। कुनै पनि बिजनेस अघि बढ्न नदिएपछि अधिवेशन अन्त्य गर्नुपरेको उनको भनाइ छ।

मन्त्री गुरुङले कोभिडको नयाँ भेरियन्टको संक्रमण बढ्दै गएकाले जोखिम न्यूनीकरणका लागि पनि संसद्कोक अधिवेशन अन्त्यको सिफारिस गर्नुपरेको बताए। 

प्रकाशित: Apr 19, 2021| 12:06 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।