पोखरा– गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन बोलाएका छन्।
२८ जना प्रदेशसभा सदस्यले विशेष अधिवेशन बोलाउन लिखित अनुरोध गरेपछि विशेष अधिवेशन बोलाइएको हो।
वैशाख १३ गते सोमबार दिउँसो २ बजेदेखि प्रारम्भ हुने गरी अधिवेशन बोलाइएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।
यही वैशाख दुई गते प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुखले संसदको विधायन अधिवेशन अन्त्य गरेका थिए।
अधिवेशन अन्त्यसँगै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको चर्को आलोचना भएको थियो।
