शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दसौं महाधिवेशनका लागि एमालेको ६ महिने कार्ययोजना पारित

दसौं महाधिवेशनका लागि एमालेको ६ महिने कार्ययोजना पारित

सत्तारुढ एमालेले पार्टीको दसौं महाधिवेशनका लागि ६ महिने कार्ययोजना पारित गरेको छ। 
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं– सत्तारुढ एमालेले पार्टीको दसौं महाधिवेशनका लागि ६ महिने कार्ययोजना पारित गरेको छ। 

पार्टीको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदनलाई बैठकले पारित गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

कार्यतालिकाअनुसार जेठ मसान्तभित्र सबै तहका पार्टी कमिटीको पुनर्गगठन, असार मसान्तभित्र सदस्यता नवीकरण  गरिनेछ। 

वडा अधिवेशन भदौ ५ गते, पालिका अधिवेशन भदौ १५ गते र जिल्ला अधिवेशन भदौ ३० गते सम्पन्न गर्ने कार्यतालिकामा उल्लेख छ। यस्तै प्रदेश अधिवेशन असोज २३ गतेका लागि तोकिएको छ।

सम्बन्धित तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीलाई अध्यावधिक गर्ने प्रतिवदेनमा उल्लेख छ।

यस्तै विधान अधिवेशन साउनमा गर्ने कार्यतालिकामा उल्लेख छ। 

प्रकाशित: Apr 19, 2021| 11:25 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।