शुक्रबार, भदौ १२, २०८३

ओली आज इन्डियाको त्वंशरणम् भइसके : देउवा 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्।

सोमबार नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवसरमा बाल्मिकी क्याम्पसमा नेविसंघ केन्द्रीय समितिले गरेको कार्यक्रममा देउवाले प्रधानमन्त्री ओली भारतसामु लम्पसार परेको आरोप लगाएका हुन्।

ओलीले हिजो आफूलाई राष्ट्रवादी भन्ने गरे पनि आज भारतकै टाङमुनि छिरेको देउवाको आरोप छ। ‘हिजो सबैभन्दा राष्ट्रवादी हुँ भन्ने भारतको त्वंशरणम् भइसके। भारतविरोधी नाराबाट जितेका ओली अहिले भारतको टाङमुनि छिरिसके,’ देउवाले भने। ओली राष्ट्रवादी नभई अवसरवादी भएको देउवाको आरोप थियो।

देउवाले माओवादी केन्द्रले समर्थन फिर्ता नलिएकाले ओलीको सरकार बहुमतमै रहेको बताए। जसपाले समेत ओलीलाई नै सहयोग गर्न खोजिरहेको देउवाको भनाइ थियो।

प्रकाशित: Apr 19, 2021| 11:16 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।