शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनी सरकारमा नयाँ ट्विस्ट : अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसद नै मन्त्री नियुक्त

लुम्बिनी सरकारमा नयाँ ट्विस्ट : अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसद नै मन्त्री नियुक्त

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले चार जना मन्त्री थपेका छन्। 
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले चार जना मन्त्री थपेका छन्। 

पोखरेलले जनता समाजवादी पार्टीका सांसदहरु विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी र कल्पना पाण्डेलाई मन्त्री बनाएका हुन्।
नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ दिलाइसकेका छन्।

आज सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै मुख्यमन्त्री पोखरेलले मन्त्रीमण्डल पुनर्गठन गरेका हुन्। अविश्वास प्रस्तावमा ४१ जना सांसदको हस्ताक्षर छ।

अविश्वास प्रस्ताव दर्ता भएपछि माओवादीका दुई जना आज नै राजीनामा गरेका थिए। माओवादीका कुलबहादुर केसी र सुदर्शन बरालले मन्त्रीबाट राजीनामा दिएपछि मुख्यमन्त्रीले जसपाका चार सांसदलाई मन्त्री बनाएका हुन्। 

मन्त्री हुने तीन जना सांसदले अविश्वास प्रस्तावमा समेत हस्ताक्षर गरेका छन्।

प्रकाशित: Apr 19, 2021| 11:05 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।