शुक्रबार, भदौ १२, २०८३

१२ सय ८१ कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २८१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २८१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ जनाको पीसीआर र ५४७ जनाको एन्टिजेन परीक्षण भएकोमा १ हजार २८१ जनालाई संक्रमण पुष्टि भएको हो। 

१ हजार २२७ जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ५४ जनाको एन्टिजेन पोजेटिभ देखिएको हो। हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ८५ हजार ९०० पुगेको छ। 

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २५५ छ। हालसम्म २ लाख ७५ हजार ५५५ जना संक्रमणमुक्त भइसकेका छन्।

हाल सक्रिय संक्रमितको संख्या ७ हजार २५४ छ। पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको हो भने ८ जनाको अगाडि मृत्यु भएको र अहिले रिपोर्ट प्राप्त भएको हो।
 

प्रकाशित: Apr 19, 2021| 10:41 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।