शुक्रबार, भदौ १२, २०८३

एमालेको विधान सम्मेलन साउन अन्तिम साता

नेकपा (एमाले) को विधान सम्मेलन आगामी साउन अन्तिम साता हुने तय भएको छ।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं– नेकपा (एमाले) को विधान सम्मेलन आगामी साउन अन्तिम साता हुने तय भएको छ।

आज सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले विधान सम्मेलन गर्ने निर्णय गरेको हो। 

बैठक १० वैशाखसम्मलाई स्थगित भएको छ। बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा अ‍ोलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन्। 

बैठकले राष्ट्रिय प्रतिनिधि परिषदको बैठक साउन २५ देखि २७ गतेसम्म बस्ने निर्णय पनि गरेको छ। उक्त बैठकले विधान सम्मेलनको काम गर्ने र एमालेको विधान संशोधन मस्यौदालाई पारित गर्ने बताइएको छ।

केपी ओली पक्षीय एमालेको केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यमा मनोनित भएका सबै केन्द्रीय सदस्यहरु अब पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुने भएका छन् । 

आजको बैठकले गत पुस ७ गते तत्कालीन नेकपाको केन्द्रीय कमिटीमा मनोनित भएका ११ सयभन्दा बढी नयाँ सदस्यहरुलाई एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा रुपान्तरित गरेको हो । 

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुस ७ गते प्रचण्ड–माधव पक्षले काठमाडौंको एक पार्टी प्यालेसमा अलग्गै बैठक राखेको थियो।

सोही दिन बालुवाटारमा बसेको ओली अध्यक्षताको बैठकले ४४१ सदस्यीय नेकपा केन्द्रीय कमिटीमा नयाँ सदस्य थप गरी ११ सय ९९ सदस्य कायम गरेको थियो।

प्रकाशित: Apr 19, 2021| 10:22 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।