काठमाडौं- केपी शर्मा ओली पक्षीय नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दसौँ महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति आक्रोश व्यक्त गरेका थिए।
बैठकमा विभिन्न राजनीतिक विषयमा छलफल हुने ओलीनिकट एमालेका एक जना नेताले बताएका छन्। बैठकका लागि विभिन्न ७ एजेन्डा गरिएको उनको भनाइ छ। तर थप विषयमा पनि छलफल हुन सक्ने उनको भनाइ छ।
यी हुन् मुख्य एजेन्डा
-राजनैतिक प्रतिवेदन
-संगठनात्मक प्रस्ताव र केन्द्रीय सदस्यको कार्य विभाजन
-अनुशासनको कारबाही
-उप निर्वाचन
-प्रदेश सरकारबारेमा छलफल
-केन्द्रीय कार्यालयको व्यवस्थापन
-समसामयिक प्रस्ताव
