शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विभिन्न अस्पतालमा कार्यरत ७ जना नक्कली डाक्टर पक्राउ

विभिन्न अस्पतालमा कार्यरत ७ जना नक्कली डाक्टर पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ।

शैक्षिक प्रमाणपत्र किर्ते गरी डाक्टर भएको भन्ने विशेष सूचनाको आधारमा अनुसन्धान व्यूरोले अनुसन्धान गर्दा उनीहरु पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक सहकुल थापाले बताए। 

पक्राउन पर्नेहरुले एसएलसी लगायतको शैक्षिक प्रमाणपत्र नक्कली बनाई एमबीबीएस अध्ययनको लागि बंगलादेश जान नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट स्वीकृति  लिएका थिए। 

पक्राउ पर्नेहरुमा महोत्तरी जिल्लाका सुभाषप्रसाद शाह र पल्लवी सिंह, धनुषाका मोहम्मद शाहिद राजा, मनाङका दीपेन्द्र गौतम, सप्तरीका अखिलेश प्रसाद देव र मोहमद सिद्दिकी, ललितपुरका फराज हुसेन खाँ रहेको सिआईबीले जनाएको छ। 

उनीहरुमध्ये मोहमद सिद्दिकी, सुभाषप्रसाद शाह, मोहम्मद शाहिद राजा र दीपेन्द्र गौतमले विभिन्न अस्पतालमा काम गरिरहेका थिए। 

दीपेन्द्र गौतम पश्चिम रुकुमको चौरजहारी अस्पतालमा कार्यरत थिए। मनाङको चामे गाउँपालिका–१ का गौतमको एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली भएको सिआईबीले जनाएको छ। 

सुभाषप्रसाद शाह जनकपुर चिल्ड्रेन हस्पिटल धनुषामा, मोहम्मद शाहिद राजा दीर्घायु गुरु हस्पिटल चावहिलमा र मोहमद सिद्दिकी न्यूरो हस्पिटल विराटनगरमा कार्यरत थिए। अन्य तीन जना भने कुनै संस्थामा कार्यरत नरहेको निर्देशक थापाले बताए।

प्रकाशित: Apr 19, 2021| 10:00 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।