शुक्रबार, भदौ १२, २०८३

प्रचण्डमा दुईमुखे प्रवृत्ति छ : प्रधानमन्त्री ओली

'प्रचण्डको दुईमुखे प्रवृत्ति छ। एक मुखले देशभक्तिको कुरा गर्ने, अर्कोतिर राष्ट्रघाती काम गर्ने। एकातिर न्याय र सुशासनको कुरा गर्ने अर्को तिर आपराधिक कर्म र भ्रष्टाचार गर्ने,' ओलीको आरोप थियो। 
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं- प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'मा दुईमुखे प्रवृत्ति रहेको आरोप लगाएका छन्। ओली पक्षीय एमालेको महाधिवेश आयोजक कमिटीको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन्। 

'प्रचण्डको दुईमुखे प्रवृत्ति छ। एक मुखले देशभक्तिको कुरा गर्ने, अर्कोतिर राष्ट्रघाती काम गर्ने। एकातिर न्याय र सुशासनको कुरा गर्ने अर्को तिर आपराधिक कर्म र भ्रष्टाचार गर्ने,' ओलीको आरोप थियो। 

उनले माधव नेपाल पक्ष संघीयता विरोधी र अलोकतान्त्रिक भएको आरोप लगाए। 'माधव नेपालहरू संघीयता विरोधी, अलोकतान्त्रिक अराजक अनुशासनहीन काम गर्ने, समानान्तर कमिटी बनाउने र प्लोर क्रस गराउनेसम्मको अपराध गरेकाले इतिहासले कंलकको टीका प्रचण्ड र माधव नेपालहरुलाई लगाउनेछ,' ओलीको भनाइ थियो। 

प्रकाशित: Apr 19, 2021| 09:38 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।