शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकार ढाल्न माधव नेपालले रोदन गर्दै घरदैलो थालेका छन् : केपी शर्मा ओली

सरकार ढाल्न माधव नेपालले रोदन गर्दै घरदैलो थालेका छन् : केपी शर्मा ओली

प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले सरकार ढाल्नका लागि रोदन गर्दै घरदैलो थालेको आरोप लगाएका छन्।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले सरकार ढाल्नका लागि रोदन गर्दै घरदैलो थालेको आरोप लगाएका छन्।

ओ‌ली पक्षीय एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। बैठक बालुवाटारमा भर्खरै सुरु भएको छ। 

'माधव नेपालले नेपालको इतिहासमै पहिलो पटक अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेका छन्,' प्रधानमन्त्री ओलीले थपे, 'पुष्पकमल दाहाल 'प्रचण्ड'को पाउमा एमाले पार्टी चडाउने। कांग्रेसलगायत गैरकम्युनिस्टको नेतृत्वमा सरकार बनाउन फ्लोर क्रस गर्ने, यो सरकार तुरुन्त ढाल्नु पर्‍यो भन्ने रोदन गर्दै घरदैलो गर्न थालेका छन्। अराजक अस्थिर अत्यन्त घातक देश द्रोही कम्युनिस्ट अन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिविरुद्ध पार्टीले कडा भन्दाकडा कार्बाही गर्नेछ।'

प्रकाशित: Apr 19, 2021| 09:26 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।