शुक्रबार, भदौ १२, २०८३

एमसीसी सम्झौताविरुद्ध २२ दलको प्रदर्शन

अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झाैता खारेज गर्न माग गर्दै विभिन्न राजनीतिक दलले सोमबार राजधानीमा प्रदर्शन गरेका छन्।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं– अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झाैता खारेज गर्न माग गर्दै विभिन्न राजनीतिक दलले सोमबार राजधानीमा प्रदर्शन गरेका छन्।

एमसीसी सम्झौता राष्ट्रहित विपरीत भएको भन्दै नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी लगायत २२ दलले प्रदर्शन गरेका हुन्। उनीहरूले यो सम्झौता संसद्बाट अनुमोदन नगर्न पनि चेतावनी दिएका छन्। 

सरकार भने एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने पक्षमा छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा एससीसी अनुमोदन गराउन संघीय संसद्मा पेस नगरेको भन्दै सभामुखप्रति आक्रोश व्यक्त गरेका थिए।

यस्तै कानुनमन्त्री लीलानाथ श्रेष्ठले एमसीसी अनुमोदनका लागि प्रक्रिया अघि बढाइने बताएका थिए। तर संसद्को चालू अधिवेशन अन्त्य भएकाले एमसीसी अनुमोदनका लागि तत्काल प्रक्रिया अघि बढ्ने छैन।
 

याे पनि पढ्नुस्

एमसीसीमा संसदीय अनुमोदन चाहिने अन्तरवस्तु के छ र ?

प्रकाशित: Apr 19, 2021| 09:02 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।