शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुकुमपश्चिममा भारतबाट फर्किएकी कोरोना संक्रमितको मृत्यु

रुकुमपश्चिममा भारतबाट फर्किएकी कोरोना संक्रमितको मृत्यु

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी शनिबार अस्पताल भर्ना भएकी थिइन्। एन्टिजेन्ट विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको थियो।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

सुर्खेत- रुकुमपश्चिममा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। एक साताअघि भारतबाट नेपाल फर्किएकी उनको सोमबार बिहान मृत्यु भएको हो। 

मृत्यु हुने मुसिकोट नगरपालिका-७ की ४० वर्षीया महिला हुन्। उपचारका क्रममा उनको जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी शनिबार अस्पताल भर्ना भएकी थिइन्। एन्टिजेन्ट विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको थियो।

‘कोरोना पुष्टि भएपनि हिजो (आइतबार)सम्म अवस्था सामान्य थियो। आइसोलेसन उपचार गरेका थियौँ,’ स्वास्थ्य कार्यालय रुकुमका कोरोना फोकल पर्सन ईश्वर रावलले भने, ‘बिहान एक्कासी गम्भीर समस्या देखियो, रिफर गर्ने तयारी गर्दागर्दै मृत्यु भयो।’

पछिल्ला दिनमा रुकुमपश्चिममा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। ‘२-३ दिनयता संक्रमण बढ्दै गएको देखिएको छ,’ रावलले भने, ‘सामान्य अवस्था भएकालाई होमआइसोलेसन र गम्भीर बिरामीलाई सुर्खेत रिफर गर्ने गरेका छौँ।’ 

प्रकाशित: Apr 19, 2021| 08:38 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।