शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीको आक्रोश- कर्णालीमा बेइमानी गरेर माधव नेपालले अक्षम्य अपराध गरे

ओलीको आक्रोश- कर्णालीमा बेइमानी गरेर माधव नेपालले अक्षम्य अपराध गरे

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले कर्णाली प्रदेशमा बेइमानी गरेर पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले अक्षम्य अपराध गरेको बताएका छन्।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले कर्णाली प्रदेशमा बेइमानी गरेर पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले अक्षम्य अपराध गरेको बताएका छन्।

एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा उनले नेपालको चर्को आलोचना गरे। 

प्रधानमन्त्रीसमेत रहेका ओलीले बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालको पनि आलोचना गरे। भारतको गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलसँग हुँदै नभएको कुरा भएको भनेर प्रचण्डले बकवास गरेको आरोप उनले लगाए।

आज बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठक अहिले जारी छ। बैठकमा एमालेका वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाललगायत नेताहरु भने सहभागी छैनन्।

अध्यक्ष ओलीले पार्टीका सबैजसो पदाधिकारीको जिम्मेवारी खोसेर महाधिवेशन आयोजक कमिटी बनाएपछि पहिलो पटक बैठक बसेको हो।

ओलीले महाधिवेशन आयोजक कमिटी बनाएपछि एमालेभित्रको खनाल–नेपाल समूह असन्तुष्ट हुँदै समानान्तर गतिविधि गर्दै आएको छ। समानान्तर कमिटीसमेत गठन गरिरहेको खनाल–नेपालका चार शीर्ष नेतालाई ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन्।

प्रकाशित: Apr 19, 2021| 08:36 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।