शुक्रबार, भदौ १२, २०८३

ओली समूहमा खुले विष्णु रिजाल

सत्तारुढ दल नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीकाे बैठक सुरु हुँदैछ।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं - सत्तारुढ दल नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीकाे बैठक सुरु हुँदैछ।

बैठकमा सहभागी हुन केन्द्रीय सदस्य विष्णु रिजाल पनि बालुवाटार पुगेका छन्।  रिजाल एमालेको नेपाल-खनाल पक्षका नेता हुन्। ओलीका हरेक गतिविधिको कडा आलोचना गर्दै आएका नेता रिजाल बैठकमा सहभागी भएका हुन्।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबैजसो पदाधिकारीको जिम्मेवारी खोसेर महाधिवेशन आयोजक कमिटी बनाएपछि पहिलो पटक बैठक बसेको हो। 

बैठकमा नेपाल र खनाल पक्षका काेही पनि सहभागी भएका छैनन्। तर, रिजाल बैठकमा सहभागी हनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। उनले पछिल्ला केही दिनयता अध्यक्ष ओलीको समर्थनमा ट्विट गर्दै आएका थिए।

फागुन २३ को सर्वोच्चको निर्णयपछि नेता रिजाल  नेपाल-खनाल पक्षका कार्यक्रममा सहभागी हुँदै आएका थिए। उनी ९औं महाधिवेशनमा पार्टीको प्रचार विभाग उपप्रमुख थिए।

प्रकाशित: Apr 19, 2021| 07:25 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।