शुक्रबार, भदौ १२, २०८३

सर्वोच्चमा दुई न्यायाधीश नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले डा. कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी) लाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन्।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले डा. कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी) लाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन्।

राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को २ बमोजिम न्याय परिषद्का सिफारिशमा आज उनीहरूलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। 

चुडाल हाल उच्च अदालत, पाटन र सुवेदी उच्च अदालत, सुर्खेतमा मुख्य न्यायाशीश थिए। उनीहरूको नामलाई संसदीय सुनुवाइ विशेष समितिले केही दिनअघि अनुमोदन गरेको थियो।

प्रकाशित: Apr 19, 2021| 06:57 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।