शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् बैठक स्थगित गरेर सरकारले कायरता प्रदर्शन गर्‍यो : प्रकाशमान सिंह

संसद् बैठक स्थगित गरेर सरकारले कायरता प्रदर्शन गर्‍यो : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसद् बैठक स्थगित गरेर संसद्को मानमर्दन गर्दै कायरता प्रदर्शन गरेको बताएका छन्।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसद् बैठक स्थगित गरेर संसद्को मानमर्दन गर्दै कायरता प्रदर्शन गरेको बताएका छन्। नेपाल प्रेस युनियन काठमाडौं शाखाले आज आयोजना गरेको नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारी सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

‘संसद् फेस गर्न नसकेर पटक-पटक संसद्माथि प्रहार भएको छ,’ उनले भने, ‘अलोकतान्त्रिक कदम उठाउने सरकारले फेरि पनि संसदीय व्यवस्थामाथि अर्को  प्रहार गरेको छ।’ अलोकतान्त्रिक चरित्र सरकारले देखाउँदै आएको भन्दै कडा आपत्ति व्यक्त गरेका छन्। 

यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयाससमेत जारी राखेको बताए। 

उनले विसंगति हटाउन पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताए। नेता सिंहले कोरोना नियन्त्रणमा सरकार उदासिन भएको भन्दै ओली सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको बताए। 

‘यो सरकारले विकास निमार्णका कार्य केही नगर्ने तर, जनतामा विकास भएको भ्रम सिर्जना गरिरहेको छ,’ उनले भने, ‘विकास भन्दा पनि सरकार भ्रमको खेती सिर्जना गर्न लागिपरेको छ।’ यस्तै नेता सिंहले अब देशलाई निकास दिलाउन नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्नु पर्ने बताए।

प्रकाशित: Apr 19, 2021| 06:43 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।