शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

सहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

सरकारले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख सहरी केन्द्रका विद्यालय अनलाइनबाट सञ्चालन गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञावालीले जानकारी दिए।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार सहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गनुपर्ने निर्णय भएको मन्त्री ज्ञावालीले बताए। एक महिनाका लागि भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्न सरकारले निर्देशन दिएको हो।

पछिल्लो समय सहरी क्षेत्रमा कोरोना महामारी तीव्र गतिमा फैलिरहेको छ। जसको उच्च जोखिममा विद्यार्थीहरू रहेका छन्। उक्त कुरालाई मध्यनजर गर्दै सीसीएमसीले जोखिम युक्त क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस गरेको थियो।

सरकारको नयाँ आदेशसँगै अब सहरी क्षेत्रका विद्यालयमा भौतिक कक्षा सञ्चालन बन्द हुने भएको छ।

प्रकाशित: Apr 19, 2021| 04:44 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।