शुक्रबार, भदौ १२, २०८३

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने भएको छ।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यलय सानेपामा दिउँसो ४ बजेका लागि बैठक डाकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

१४औं महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न आइतबार बोलाएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो।

महाधिवेशनको कार्यतालिका र सत्ता समीकरणका विषयमा सहमति हुन नसक्दा आइतबारका लागि बोलाइएको बैठक स्थगित भएको हो।

पटक–पटक म्याद थप गर्दा समेत क्रियाशील सबै जिल्लाले क्रियाशील सदस्यता इन्ट्री गर्न सकेका छैनन्।

क्रियाशील सदस्यता इन्ट्री गर्ने अन्तिम म्याद चैत मसान्तलाई तोकिएको थियो। तर, तोकिएको समयसीमामा केही जिल्लाले इन्ट्री थालेका छैनन्।

क्रियाशील सदस्यता तोकिएको समयमा इन्ट्री सुरु नहुँदा महाधिवेशनको कार्यतालिका नै परिवर्तन गर्नुपर्ने स्थिति छ। कार्यतालिका हेरफेरका विषयमा शीर्ष नेताहरुबीच मतभेद देखिएपछि बैठक स्थगित भएको  थियो।

प्रकाशित: Apr 19, 2021| 04:19 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।