काठमाडौं - सत्तारुढ नेकपा एमालेले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ। बैठक सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाइएको हो।
तर, बैठकमा एमालेका बरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालले सहभागिता नजनाउने केन्द्रिय सदस्य ठाकुर गैरेले बताए।
अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबैजसो पदाधिकारीको जिम्मेवारी खोसेर महाधिवेशन आयोजक कमिटी बनाएपछि पहिलो पटक बैठक बस्न लागेको हो।
ओलीले पदाधिकारीको जिम्मेवारी खोसेर महाधिवेशन आयोजक कमिटी बनाएपछि एमालेभित्रको खनाल–नेपाल समूह असन्तुष्ट हुँदै समानान्तर गतिविधि गर्दै आएको छ। समानान्तर कमिटीसमेत गठन गरिरहेको खनाल–नेपालका चार शीर्ष नेतालाई ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन्।
