शुक्रबार, भदौ १२, २०८३

नेविसंघकाे ५२औं स्थापना दिवस मनाइँदै

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आज आफ्नो ५२ औं स्थापना दिवस मनाउँदै छ। 
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं - नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आज आफ्नो ५२ औं स्थापना दिवस मनाउँदै छ। आज दिउँसो १ बजे वाल्मीकि विद्यापिठको खुला चौरमा कार्यक्रम गरिने संघका अध्यक्ष राजीव ढुंगानाले जानकारी दिए। 

‘कार्यक्रम राष्ट्रिय सभामा तय गरिएको थियो,’ उनले भने, ‘कोरोना जोखिमलाई मध्यनजर गर्दै वाल्मीकि विद्यापिठको खुला चौरमा सारिएको हो।’

२०२७ वैशाख ६ गते जेलभित्र नेविसंघको स्थापना भएको थियो। ‘प्रजातान्त्रिक युवा लिग’ गठन गरेर नेपाल विद्यार्थी संघको प्रारूप चित्र कोर्ने प्रयास भएको पाइन्छ। 

त्यो सँगै देशभित्रका पनि विभिन्न क्याम्पसहरूमा सम्मेलन तयारी समिति गठन गरी २०२७ वैशाख ६, ७ र ८ गते अखिल नेपाल विद्यार्थी सम्मेलन गर्ने मिति तय गरिएको थियो। यसैबाट नेपाल विद्यार्थी संघको  औपचारिक जन्म भएको थियो।

प्रकाशित: Apr 19, 2021| 02:48 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।