शुक्रबार, भदौ १२, २०८३

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै 

सत्तारुढ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्ने भएको छ।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं - सत्तारुढ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्ने भएको छ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबैजसो पदाधिकारीको जिम्मेवारी खोसेर महाधिवेशन आयोजक कमिटी बनाएपछि पहिलो पटक बैठक बस्न लागेको हो। महासचिव ईश्वर पोखरेलले सोमबार महाधिवेशन आयोजक कमिटीको प्रथम बैठक बस्ने जानकारी दिएका छन्।

बैठक सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाइएको छ।

ओलीले पदाधिकारीको जिम्मेवारी खोसेर महाधिवेशन आयोजक कमिटी बनाएपछि एमालेभित्रको खनाल–नेपाल समूह असन्तुष्ट हुँदै समानान्तर गतिविधि गर्दै आएको छ। समानान्तर कमिटीसमेत गठन गरिरहेको खनाल–नेपालका चार शीर्ष नेतालाई ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन्।

नेताहरूलाई पार्टीबाट निलम्बन गरेपछि आन्तरिक विवाद झनै उत्कर्षमा पुगेको छ। विवादकै कारण पछिल्लो पटक कर्णाली प्रदेशमा सरकारले विश्वासको मत लिँदा एमाले सांसदहरुले फ्लोर क्रस गरी माओवादी नेतृत्वको सरकार बचाइदिएका छन्।

यस्तो छ आज बस्ने बैठकको कार्यसूची

१. अध्यक्षको उद्घाटन मन्तव्य
२. राजनीतिक प्रतिवेदन
३. कार्यविभाजन
४. केही संगठनात्मक प्रस्ताव
५. उपनिर्वाचनको तयारी
६. समसामयिक प्रस्ताव

प्रकाशित: Apr 19, 2021| 02:24 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।