काठमाडौं - नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्न सोमबार स्थायी कमिटी बैठक बोलाएको हो।
बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन्। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।
