शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारलाई उद्योग समितिको निर्देशन : श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्नू

सरकारलाई उद्योग समितिको निर्देशन : श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्नू

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सबै मन्त्रालयलाई मातहतका निकायका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा समेट्नका लागि भूमिका खेल्न निर्देशन दिएको छ। 
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

काठमाडौं- प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सबै मन्त्रालयलाई मातहतका निकायका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा समेट्नका लागि भूमिका खेल्न निर्देशन दिएको छ। 

अर्थ, उद्योग, पर्यटन, कृषि, सहकारी उर्जा लगायतका मन्त्रालयले आफ्ना मातहतका निजी क्षेत्र वा सरकारी क्षेत्र दुवैलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुनका लागि महत्त्वपूर्ण भूमिका खेल्न समितिले निर्देशन दिएको हो। 

आइतबार बसेको समितिको बैठकले सामाजिक सुरक्षा योजनामा सूचिकृत हुनेको संख्या अत्यन्त कम रहेको र सो योजना प्रभावकारी नभएको भन्दै यस्तो निर्देशन दिएको हो। 

बैठकमा सांसद प्रमोद साहले निजी क्षेत्रका रोजगारदाताले श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा समेट्न आनाकानी गरेको भन्दै उनीहरुलाई कोषमा जान बाध्य बनाइनुपर्ने धारणा राखे। 

त्यस्तै अर्की सांसद बिन्दा पाण्डेले अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारलाई पनि कोषको योजनामा समेट्नुपर्ने र सबैलाई एकैपटक नसके पहिलो चरणमा घरेलु श्रमिकलाई समेटेर अगाडि बढ्नुपर्ने बताइन्।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले अनौपचारिक क्षेत्रका कामदारलाई कसरी समेट्ने भन्ने विषयमा छलफल गरेर अगाडि बढ्न सकिने बताए। 

हाल सामाजिक सुरक्षा कोषमा १३ हजार ७२२ रोजगारदाता र १ लाख ९८ हजार १३६ श्रमिक आबद्ध छन्। कोषले असार मसान्तभित्रमा अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा जानुपर्ने प्रावधान राखेको छ।

प्रकाशित: Apr 18, 2021| 14:35 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।