शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माडी पुगेर प्रचण्डले भने– केही दिनमै जनपक्षीय सरकार बन्छ

माडी पुगेर प्रचण्डले भने– केही दिनमै जनपक्षीय सरकार बन्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निरंकुश सरकारको छिटै पतन हुने दाबी गरेका छन्।
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निरंकुश सरकारको छिटै पतन हुने दाबी गरेका छन्।

चितवनको माडीमा आयोजित वाईसीएलको नगर भेलालाई सम्बोधन गर्दै उनले केही दिनमै जनपक्षीय सरकार बन्ने बताए। उनले भने, ‘निरंकुश सरकारको पतन भइसकेपछि जनपक्षीय सरकार आउनेछ, नयाँ युगको सुरुवात हुनेछ। चुनावी घोषणापत्रलाई नजरअन्दाज गर्ने, प्राप्त उपलब्धिलाई उल्टाउन खोज्नेहरुलाई छिटै ठेगान लगाइनेछ।’

उनले नयाँ सरकार गठनको अन्तिम तयारी भइरहेको संकेत गर्दै प्रतिगमनविरुद्ध आन्दोलित सबै दल सहभागी भएको सरकार गठन हुन लागेको बताए। ‘गणतन्त्र, संघीयता, समावेशिता, समानुपातिकता उल्ट्याउने षड्यन्त्र भैरहेको छ। प्रचण्डको शक्ति अब सिद्धियो, प्रचण्डलाई साथ दिने मान्छे छैनन्, प्रचण्डमाथि जति प्रहार गरे पनि हुन्छ भन्ने प्रचार गरिएको छ। तर, देशका धेरै सहरमा जाँदा तपाईं अगाडि बढ्नुस्, साथ दिन्छौँ भनेर जनताले मलाई ऊर्जा दिइरहेका छन्।’

निरंकुश, स्वेच्छाचारी, अलोकतान्त्रिक सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा रहेको उनले दोहोर्याए। ‘केपी ओली र उनको गुटले कर्णाली प्रदेश सरकार अपदस्थ गर्ने दुस्साहसको के नतिजा निस्कियो तपाईंहामीले देखेका छौँ, गण्डकी प्रदेशमा के हुँदैछ, हामीले हेरिरहेकै छौँ, लुम्बिनी प्रदेशमा के हुँदैछ हामीले देख्दैछौँ,’ उनले भने।

केन्द्रमा पनि एउटा नयाँ कायापलट हुने उनले दाबी गरे। उनले आफ्नो निर्वाचन क्षेत्र माडीलाई नयाँ सरकारले मणिका रुपमा विकास गर्ने संकल्प पूरा गरिछाड्ने प्रतिबद्धता जनाए। उनले आइतबार नै प्रस्तावित माडीको अयोध्याधामको समेत अवलोकन गरे।

प्रकाशित: Apr 18, 2021| 13:01 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।