शुक्रबार, भदौ १२, २०८३

कर्णाली : नवनियुक्त तीन मन्त्रीले लिए शपथ

आइतबार साँझ ६ बजे प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरू नन्दसिं बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई प्रदेश प्रमुख गोविन्दराज कलौनीसँग पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

सुर्खेत- कर्णाली प्रदेशका तीन जना नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आइतबार साँझ ६ बजे प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरू नन्दसिं बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई प्रदेश प्रमुख गोविन्दराज कलौनीसँग पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।

शनिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी नन्दसिं बुढा, भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी कुर्मराज शाहीलाई दिएका थिए। 

नवनियुक्त तीनै जना नेपाल कम्युनिस्ट पार्टीको (एमाले)को माधवकुमार नेपाल समूहका नेताहरू हुन्। उनीहरू तीनै जनाले शनिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए।

पार्टीको ह्विप विपरीत शुक्रबार मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि नेकपा एमाले प्रदेश कमिटीले तीन जना सांसदलाई शनिबार पार्टीबाट निष्काशन गरिसकेको छ।

प्रकाशित: Apr 18, 2021| 12:47 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।