शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जसपा र माओवादी केन्द्रद्वारा प्रदेश २ काे नाम र राजधानीका लागि प्रस्ताव दर्ता

जसपा र माओवादी केन्द्रद्वारा प्रदेश २ काे नाम र राजधानीका लागि प्रस्ताव दर्ता

प्रदेश २ को नाम तथा स्थायी राजधानीका लागि सत्तारुढ दल जनता समाजवादी पार्टी र माओवादी केन्द्रले प्रदेशसभामा प्रस्ताव दर्ता गराएका छन्। 
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

जनकपुरधाम- प्रदेश २ को नाम तथा स्थायी राजधानीका लागि सत्तारुढ दल जनता समाजवादी पार्टी र माओवादी केन्द्रले प्रदेशसभामा प्रस्ताव दर्ता गराएका छन्। 

प्रदेशसभा सचिवालयले नाम र स्थायी राजधानीका लागि प्रस्ताव दर्ताका लागि आह्वान गरेको २ दिन नबित्दै सत्तारुढ जसपा र माओवादी केन्द्रले अलगअलग प्रस्ताव दर्ता गराएका हुन्।

जसपा तथा माओवादी केन्द्र दुवै दलले प्रदेशको नाम ‘मधेश’ प्रस्ताव गरेका छन्। जसपाको तर्फबाट प्रमुख सचेतक शैलेन्द्र यादवले प्रस्ताव गरेका हुन् भने उनको प्रस्तावलाई बबिता कुमारी र रानी शर्मा तिवारीले समर्थन गरेका छन्। 

त्यस्तै जसपाले जनकपुरधामलाई स्थायी राजधानीका लागि प्रस्ताव गरेको छ। राजधानीका लागि जसपाका परमेश्वर साहले प्रस्ताव गरेका हुन् भने उनको प्रस्तावलाई चमेली देवी दास, सन्चमाया मोक्तान र निरा साहले समर्थन गरेका छन्।

जसपाले राजधानीका लागि गरेको प्रस्तावमा जनकपुरधामसहित उत्तरतर्फ पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल–भारत सीमा र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा मार्गभित्रको क्षेत्र तोकिएको छ।

यता माओवादी केन्द्रले राजधानीका लागि जनकपुरधामको अन्तगृह परिक्रमा क्षेत्रलाई राजधानीको रुपमा प्रस्ताव गरेको छ। माओवादी केन्द्रको तर्फबाट दलका नेता भरतप्रसाद साह प्रस्तावक छन् भने उनको प्रस्तावलाई उपनेता जगतप्रसाद यादव र सचेतक दिलीप साहले समर्थन गरेका छन्।

दुवै दलको नाम र स्थायी राजधानीको प्रस्ताव लगभग समान रहेकाले भविश्यमा सहकार्य गरेर अगाडि बढ्नसक्ने माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले बताए। 

जसपाका प्रमुख सचेतक शैलेन्द्र प्रसाद यादवले समेत सहकार्यका लागि आफूहरु तयार रहेको भन्दै भने ‘हामी माओवादी केन्द्र मात्रै नभई नेकपा एमाले र नेपाली कांग्रेससँग समेत सहकार्य गरेर अगाडि बढ्न तयार छौँ।’

प्रदेशसभामा प्रतिनिधित्व गर्ने एमाले र नेपाली कांग्रेसले भने अझै प्रस्ताव दर्ता गराएको छैनन्।

प्रकाशित: Apr 18, 2021| 12:45 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।