शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कालोपत्रे गरेको वर्षदिन नपुग्दै भत्कियो सडक, आन्दोलनमा उत्रिए स्थानीय

कालोपत्रे गरेको वर्षदिन नपुग्दै भत्कियो सडक, आन्दोलनमा उत्रिए स्थानीय

मोरङको उर्लाबारी-मधुमल्ला सडकखण्ड कालोपत्रे गर्न माग गर्दै स्थानीयवासी आन्दोलन थालेका छन्। कालोपत्रे गरेको एक वर्ष नपुग्दै सडक भत्किएपछि स्थानीयले आन्दोलन थालेका हुन्। 
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

विराटनगर- मोरङको उर्लाबारी-मधुमल्ला सडकखण्ड कालोपत्रे गर्न माग गर्दै स्थानीयवासी आन्दोलन थालेका छन्। कालोपत्रे गरेको एक वर्ष नपुग्दै सडक भत्किएपछि स्थानीयले आन्दोलन थालेका हुन्। 

सडकमै पत्रकार सम्मेलन गरी उनीहरूले सडक कालोपत्रे नभएसम्मका लागि आफूहरूको आन्दोलन जारी रहने बताए। भत्किएको सडकका कारण दुर्घटना हुने, हिउँदमा धुलाम्य हुने र वर्षामा हिलाम्म हुने भएकाले तत्काल सडक कालोपत्रे गर्नुपर्ने स्थानीयको माग छ। 

'एक वर्ष अघिदेखि सडकको मर्मत तथा स्तरोन्नतिको लागि माग गर्दा पनि सुनवाइ नभएपछि स्थानीयहरू आन्दोलनमा उत्रिएका छौँ। वैशाख ३ देखि सडक अवरुद्ध गरी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ,' संघर्ष समितिका संयोजक भक्तिप्रसाद पोखरेलले भने। 

संघर्ष समितिले मुख्यमन्त्रीको कार्यालय, डिभिजन सडक कार्यालय विराटनगर, उर्लाबारी नगरपालिका, वडा नम्बर ५ र ६, मिक्लाजुङ गाउँपालिका, ईलाका प्रशासन कार्यालय, ईलाका प्रहरी कार्यालय सहितका निकायलाई सडक अवरुद्ध गरिएकोबारे जानकारी गराएको छ। 

स्थानीयको आन्दोलनप्रति जनप्रतिनिधि र सबै दलको समर्थन रहेको पनि संघर्ष समितिका पोखरेलको दाबी छ। 
 

प्रकाशित: Apr 18, 2021| 12:38 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।