शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माओवादी नेता पौडेलले भने– निकट भविष्यमै माधव नेपाल पक्षसँग पार्टी एकता हुन्छ

माओवादी नेता पौडेलले भने– निकट भविष्यमै माधव नेपाल पक्षसँग पार्टी एकता हुन्छ

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताएका छन्।
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताएका छन्।

पर्वत सदरमुकाम कुश्मा बजारमा माओवादी केन्द्रद्वारा आज आइतबार आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले नेपाल पक्षसँग निकट भविष्यमै एकता गर्ने गरी गम्भीर रुपमा वार्ता र छलफल अघि बढेको खुलासा गरे।

उनले बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि विभाजित सबै दलसँग एकताका लागि पहल भइरहेको जनाउँदै एमाले, जनता समाजवादी पार्टी र माओवादीकै अन्य समूहसँगसमेत निरन्तर छलफल र संवाद अघि बढेको बताए।
    
उनले नेपाली कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउन पूर्ण रुपमा तयार रहेको जनाउँदै जसपा संस्थागत ढंगले एक भएर उभिन नसकेका कारण ढिलाइ भएको सुनाए। उनले जसपाका बहुमत सदस्य नयाँ सरकार बनाउने पक्षमा रहे पनि केही नेता प्रधानमन्त्री केपी शर्मा ओलीप्रतिको निकटताका कारण उक्त पार्टीमा समस्या परेको बताए।
 

प्रकाशित: Apr 18, 2021| 12:25 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।