काठमाडौं- गृहमन्त्रीमा पुनः नियुक्त भएका रामबहादुर थापाले शपथ ग्रहण गरेका छन्।
आइतबार मन्त्रिपरिषदमा पुनः नियुक्त भएका थापाले साँझ राष्ट्रपति भवन शितल निवासमा पुनः शपथ ग्रहण गरेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई शपथ ग्रहण गराइन्। शपथ ग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सेनालगायत उपस्थित थिए।
आइतबार राष्ट्रियसभा सदस्य पद गुमाएका थापाले त्योसँगै मन्त्री पद गुमाए पनि पुनः मन्त्रीमा नियुक्त भएका हुन्।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले थापालाई आइतबार नै मन्त्रीमा नियुक्त गरेकी थिइन्।
