शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • म कसैको दबाब र प्रभावमा परेर काम गर्दिनँ : सभामुख सापकोटा

म कसैको दबाब र प्रभावमा परेर काम गर्दिनँ : सभामुख सापकोटा

सभामुख अग्नि सापकोटाले आफू कसैको दबाब र प्रभावमा नपर्ने बताएका छन्।
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

काठमाडौं- सभामुख अग्नि सापकोटाले आफू कसैको दबाब र प्रभावमा नपर्ने बताएका छन्।

नेपाल पत्रकार महासंघका नयाँ नेतृत्वको पदभार ग्रहण समारोह कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले आफूले अहिलेसम्म पनि आफ्नो विवेक प्रयोग गरेर काम गरेको र अब पनि कसैको प्रभाव र दबाबमा नपर्ने बताएका हुन्।
सापकोटोले सभामुखको हैसियतमा आफ्ना केही निहित अधिकारहरु रहेको र ती पनि आवश्यकताअनुसार प्रयोग गर्ने बताउँदै कुनै पनि कार्यका लागि कसैको दबाबमा नपर्ने बताए।

उनले भने, ‘मलाई कसले के भन्छ त्यसको मतलब छैन, म आफ्नो बाटो हिँड्ने हो, म लुरुलुरु आफ्नै काम गर्छु, आफ्नै विवेकले काम गर्छु। मलाई कुनै डर, त्रास र मोह छैन।’

उनले भने, ‘मेले देशलाई सर्वोपरी ठानेर काम गर्छु, अन्जानमा कुनै गल्ती भए पनि होलान्, तर जानीजानी कुनै गल्ती गरेको छैन र गर्ने छैन।’ सापकोटाले आफ्नो विवेक प्रयोग गर्ने कुरामा जोखिम भए पनि त्यो उठाउन कुनै समस्या नरहेको बताए।

‘संसदलाई चलायमान बनाउन संविधानअनुसार अगाडि बढ्न सुरु भएपछि संसदमाथि घेराबन्दी हुन थाल्यो। अहिले पनि भइरहेको छ। केही व्यक्तिले धेरै मान्छेलाई केही समय भ्रममा पार्न सकिन्छ तर, सधै सकिँदैन’, उनले भने।

सभामुख सापकोटाले पछिल्लो समय लोकतन्त्रमाथि विभिन्न ठाउँबाट आक्रमण भइरहेको भन्दै पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेर लोकतन्त्रको बचाउ गर्ने विश्वास व्यक्त गरे।

घुमाउरो पारामा बोलेका सभामुखले सञ्चारमाध्यमले लोकतन्त्रका पक्षमा उठाएको आवाजको प्रशंसा गरे।
पछिल्लो समय संसदको कार्यसूचीमा अमेरिकी मिलिनियम च्यालेन्ज परियोजना नपारेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख सापकोटाको आलोचना गर्दै आएका छन्।

शनिबार ओलीले सर्वदलीय बैठक नै बोलाएर सभामुखले एमसीसीलाई कार्यसूचीमा नराखेको भन्दै आक्रोश व्यक्त गरेका थिए।

प्रधानमन्त्री ओली अबको प्रतिनिधिसभा बैठकमा एमसीसीलाई जसरी पनि कार्यसूचीमा पार्ने तयारीमा जुटेका छन्। ओलीको एमसीसीलाई संसदको कार्यसूचीमा राख्ने प्रस्तावमा कांग्रेसले पनि साथ दिने देखिएको छ।

प्रकाशित: Apr 18, 2021| 11:25 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।