शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री र नेत्रविक्रम चन्दबीच भेटवार्ता, तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल

प्रधानमन्त्री र नेत्रविक्रम चन्दबीच भेटवार्ता, तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल

भेटमा सरकार र विप्लवबीच भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए।
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र चन्दबीच भेटवार्ता भएको हो। 

भेटमा सरकार र विप्लवबीच भेटवार्ता भएको प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए। उनीहरूबीच सरकार र विप्लवबीच भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको बताइएको छ। 

भेट्मा विप्लव नेकपाका वार्ता टोली संयोजक खडगप्रसाद विश्वकर्मा 'प्रकाण्ड' पनि सहभागी थिए।

विप्लव निकट नेता उदय चलाउने 'दीपक'ले सरकारसित भएको सहमति कार्यान्वयनमा भएको ढिलाइबारेमा आफ्नो धारणा राखिएको बताए। भेटमा सहमतिअनुसार आफ्ना नेता कार्यकर्ता नछुटेकोमा विप्लवले असन्तुष्टि जनाएका थिए। 

तीन बुँदे सहमतिपछि यसअघि पनि ओली र विप्लवबीच भेटवार्ता भएको थियो। सहमतिमा कारागारमा रहेका विप्लव समूहका नेता/कार्यकर्ता रिहाई गर्ने र मुद्दा खारेज गर्ने विषय उल्लेख थियो। 

प्रकाशित: Apr 18, 2021| 11:13 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।