शुक्रबार, भदौ १२, २०८३

पर्सामा चैतयता चार जना कोरोना संक्रमितको मृत्यु

पर्सामा ५१ वर्षिया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

पर्सा– पर्सामा ५१ वर्षिया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि नारायणी अस्पताल वीरगन्जमा भर्ना भएकी संक्रमित महिलाको मृत्यु भएको हो।

शनिबार साँझ अस्पताल भर्ना भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोभिड संयोजक सरोजराज दासले बताए। 

पर्सामा चैतयता ३२५ जना कोरोना संक्रमित थपिएका छन् भने संक्रमितमध्ये ४ जनाको मृत्यु भएको छ। हाल ३ महिलासहित १६ जना कोरोना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ। पर्सामा कोरोना संक्रमितका लागि व्यवस्थित आइसोलेसन छैनन्।

जटिल किसिमका समस्या भएकालाई मात्र नारायणी अस्पतालले भर्ना लिने गरेको छ। आईसीयूसमेत ४० जनामात्रै बिरामी राख्न मिल्ने भएकाले संक्रमित बढ्दै गए उपचार गर्न समस्या हुने संयोजक दासको भनाइ छ। 

प्रकाशित: Apr 18, 2021| 10:34 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।