शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सत्तारोहणका विषयमा शीर्ष नेताबीच कुरा नमिल्दा कांग्रेस बैठक स्थगित

सत्तारोहणका विषयमा शीर्ष नेताबीच कुरा नमिल्दा कांग्रेस बैठक स्थगित

सत्ता समीकरणका विषयमा शीर्ष नेताबीच कुरा नमिल्दा आइतबार डाकिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

काठमाडौं– सत्ता समीकरणका विषयमा शीर्ष नेताबीच कुरा नमिल्दा आइतबार डाकिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।

महाधिवेशनको कार्यतालिका र सत्ता समीकरणका विषयमा सहमति हुन नसक्दा बैठक स्थगित भएको एक नेताले जानकारी दिए। बैठक सोमबार बस्नेछ।

शीर्ष नेताहरु भने छलफलमै छन्। पटक–पटक म्याद थप गर्दा समेत क्रियाशील सबै जिल्लाले क्रियाशील सदस्यता इन्ट्री गर्न सकेका छैनन्।

क्रियाशील सदस्यता इन्ट्री गर्ने अन्तिम म्याद चैत मसान्तलाई तोकिएको थियो। तर, तोकिएको समयसीमामा केही जिल्लाले इन्ट्री थालेका छैनन्।

क्रियाशील सदस्यता तोकिएको समयमा इन्ट्री सुरु नहुँदा महाधिवेशनको कार्यतालिका नै परिवर्तन गर्नुपर्ने स्थिति छ। कार्यतालिका हेरफेरका विषयमा शीर्ष नेताहरुबीच मतभेद देखिएपछि बैठक स्थगित भएको एक केन्द्रीय सदस्यले जानकारी दिए।

 ‘शीर्ष नेताहरुबीच सहमति हुन सकेन। जसका कारण तयारी नपुगेको भन्दै एकाएक बैठक स्थगित भयो,’ ती नेताले भने। यस्तै चैत २० गते प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको कांग्रेस कसरी अघि बढ्नेमा अन्यौलमा देखिन्छ। 

सत्ता समीकरणका विषयमा समेत कसरी अघि बढ्ने भन्ने विषयमा शीर्ष नेताहरु एकमत छैनन्।

प्रकाशित: Apr 18, 2021| 10:33 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।