शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दैलेखमा भारतबाट फर्किएका एक कोरोना संक्रमितको मृत्यु 

दैलेखमा भारतबाट फर्किएका एक कोरोना संक्रमितको मृत्यु 

दुल्लु नगरपालिका २ का ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो।
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

सुर्खेत– दैलेखमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। दुल्लु नगरपालिका २ का ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो। १५ दिनअघि भारतबाट फर्किएका उनी भारतमै संक्रमित भएका हुन्। 

‘भारतमै कोरोनाको पुष्टि भएको रहेछ। तर कागजात च्यातेर गाउँ फर्केका रहेछन्’, जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकलपर्सन थिरप्रसाद रेग्मीले भने, ‘नाकामा कोरोना पोजेटिभ भएको रेकर्डपछि जिल्लामा परीक्षण गरेनौं।’

गाउँ फर्कंदा नेपालगन्जको रुपैडिहा नाकामा गरिएको परीक्षणमा उनी कोरोना संक्रमित रहेको पुष्टि भएको रेग्मीले बताए।

‘नेपालगन्ज नाकामा बुझ्दा कोरोना संक्रमित भएको रेकर्ड देखियो’, रेग्मीले भने, ‘कोरोना पोजेटिभ भए पनि सबैलाई ढाँटेका रहेछन्।’

ती व्यक्तिलले कोरोना पोजेटिभ भएको जानकारी गाउँमा कसैलाई गराएका थिएनन्। शनिबार गम्भीर बिरामी भएपछि उपचारका लागि दुल्लु अस्पताल दैलेखमा पुगेका थिए। 

प्रकाशित: Apr 18, 2021| 10:14 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।