शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली सरकारलाई ठेगान लगाउने अन्तिम तयारी भइरहेको छ : प्रचण्ड

ओली सरकारलाई ठेगान लगाउने अन्तिम तयारी भइरहेको छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई ठेगान लगाउने अन्तिम तयारी भइरहेको बताएका छन्। 
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

चितवन- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई ठेगान लगाउने अन्तिम तयारी भइरहेको बताएका छन्। 

चितवनको माडीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। 

'अलोकतान्त्रिक र निरंकुश केपी शर्मा ओलीको सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा हामी छौँ,' अध्यक्ष प्रचण्डले भने। 

उनले कर्णालीमा जस्तै केन्द्र सरकारलाई पनि परिवर्तन गर्ने तयारी भइरहेकोसमेत बताए। 'कर्णालीमा जे भयो तपाईं-हामीले देखेका छौँ। गण्डकी र लुम्बिनीमा पनि तयारी भइरहेको छ। केन्द्रमा नै एउटा नयाँ कालापलट हुँदैछ। हुनैपर्छ। निरंकुश र स्वेच्छाचारी तत्वबाट उन्मुक्ति हुनैपर्छ, हुन्छ,' अध्यक्ष प्रचण्डले भने। 

उनले इतिहासलाई पछि धकल्ने दुस्साहस भइरहेको समेत उल्लेख गरे। संविधानले प्रत्याभूति गरेका उपलब्धि उल्ट्याउने प्रयास भइरहेको भन्दै त्यसको प्रतिकार गर्नुपर्ने उनको भनाइ छ। 

 

प्रकाशित: Apr 18, 2021| 09:54 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।