शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • परराष्ट्र्रका २० वटा मूल नीति तय गरेका छौं : परराष्ट्र्रमन्त्री ज्ञवाली

परराष्ट्र्रका २० वटा मूल नीति तय गरेका छौं : परराष्ट्र्रमन्त्री ज्ञवाली

परराष्ट्र्रमन्त्री प्रदीप ज्ञवालीले परराष्ट्र्रका २० वटा मूल नीति तय गरिएको बताएका छन्। परराष्ट्र नीति २०७७ का विषयमा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्। 
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

काठमाडौं- परराष्ट्र्रमन्त्री प्रदीप ज्ञवालीले परराष्ट्र्रका २० वटा मूल नीति तय गरिएको बताएका छन्। परराष्ट्र नीति २०७७ का विषयमा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्। 

'परराष्ट्र नीतिका २० वटा मूल नीति तय गरेका छौं। यसमा द्विपक्षीय सन्धिसम्झौतालाई पुनरवलोकन गर्नेलगायत छन्,' समिति बैठकमा सहभागी मन्त्री ज्ञवालीले भने, 'बहुपक्षीय सम्बन्ध अगाडि बढाउने, शान्तिलाई अगाडि बढाउने यसका लागि निशस्त्रीकरण गर्ने यसका लागि विश्व समुदायसँग समन्वय गरेर जाने गरी नीति तय गरिएको छ।'

आतंकवाद अन्त्यका लागि विश्व समुदायसँग सहयोग गर्ने, राष्ट्रिय अवस्था बलियो बनाउने, मानवअधिकारको पाटो बलियो बनाउने,  जलवायु परिवर्तनका विषयमा पनि छलफल र समन्वय गरेर अगाडि बढ्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको उनको भनाइ छ। यसका लागि विभिन्न कार्यक्रम समेटिने उनले उल्लेख गरे। 

'दस्तावेज तयार गर्दा हामीले महत्त्वपूर्ण तीन वटा आधार तयार गरेका छौं। परराष्ट्र नीति आन्तरिक नीतिको विस्तारित रुप हो। आन्तरिक नीति छिटो छिटो परिवर्तन हुन्छन् तर परराष्ट्र्र नीति छिटो छिटो परिवर्तन हुँदैन,' मन्त्री ज्ञवालीले प्रष्ट पारे, 'समयानुकूल परिवर्तन गरी रहनुपर्ने हुन्छ।'

बैठका उनले नेपाल कसैको उपनिवेशमा नबसेको उल्लेख गर्दै बुद्ध जन्मेको देश भएकोले नेपालका लागि शान्तिसुरक्षा महत्त्वपूर्ण विषय उल्लेख गरे।

भुपरिवेस्ठित र अति कम विकसित देशको हितको लागि अन्तर्राष्ट्रिय समुदायशीत छलफल, आर्थिक कुटनीति मुख्य प्राथमिकतामा राख्दै आर्थिक नितिलाई राम्रो बनाउदै लगानी भित्र्याउने पर्यटन बढाउने निर्यात व्यापार प्रवर्द्धन गर्न सक्ने गरी परराष्ट्र नीति तय गरिएको उनको भनाइ छ। 

नेपालको दक्ष जनशक्ति देशबाहिर रहेको बताउँदै उनले उनीहरूलाई स्वदेश फर्कने वातावरण बनाउने विषयमा पनि नीतिमा उल्लेख गरिएको बताए।

प्रकाशित: Apr 18, 2021| 08:46 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।