काठमाडौं- नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्न भोलि (सोमबार) बस्ने गरी स्थायी कमिटी बैठक बोलाएको हो।
बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन्।
