शुक्रबार, भदौ १२, २०८३

‘परराष्ट्र नीति परिवर्तन गरिरहनु राम्रो होइन’

नेकपा (एमाले) का वरिष्ठ नेता तथा सांसद माधवकुमार नेपालले सुरक्षा र परराष्ट्र नीति परिवर्तन भइरहने दस्तावेज नभएकाले पर्याप्त छलफल र अध्ययन गरेर मात्र यस्ता नीति बनाउनुपर्ने बताएका छन्।
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

काठमाडौं– नेकपा (एमाले) का वरिष्ठ नेता तथा सांसद माधवकुमार नेपालले सुरक्षा र परराष्ट्र नीति परिवर्तन भइरहने दस्तावेज नभएकाले पर्याप्त छलफल र अध्ययन गरेर मात्र यस्ता नीति बनाउनुपर्ने बताएका छन्।

प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले भने, ‘हाम्रो देश दुईवटा ठूला देशको बीचमा छ। यो अत्यन्तै संवेदनशील विषय हो।   हाम्रो हित, मर्यादा र सम्मानको रक्षा कसरी गर्ने भन्ने कुरा महत्वपूर्ण छ। हाम्रो भूगोल विशाल छैन। आर्थिक रुपमा पनि हामी सम्पन्न होइनौं। यसबीच हाम्रो बलियो पक्ष भनेको एकता नै हो।’

कतिपय देशमा अरु विषयमा दलहरूबीच मतभेद भए पनि परराष्ट्र र सुरक्षाको विषयमा एक मत हुने सुनाउँदै उनले भने, ‘मलाई थाहा छैन, सरकारले पूर्व परराष्ट्र मन्त्रीहरू, पूर्व गृहमन्त्री वा विज्ञको राय लियो कि लिएन। समितिले यसलाई पूर्णता दिन उपसमिति बनाउनुपर्छ। यसमा सबै सरोकारवालालाई राख्नुपर्छ। सबै पार्टीले अपनत्व लिने गरी नीति बनाउनुपर्छ।’

सरकार फेरिए पनि परराष्ट्र नीति एउटै बन्नुपर्नेमा नेपालले जोड दिए। 

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले परराष्ट्र र सुरक्षा नीति कुनै पार्टीको विषय नभई मुलुककै विषय भएको बताइन्। ‘जुनसुकै सरकार आए पनि यो नीति बलियो बनाउनुपर्छ। कम्तिमा संसदमा प्रतिनिधित्वमा रहेका सबै पार्टीको घोषणापत्र समेटिनुपर्छ। सबै दलको सहमतिबाटै यो दस्तावेज आएको भए हुन्थ्यो। समितिमा प्रारम्भिक छलफल भएर परराष्ट्र नीति आएको भए राम्रो हुन्थ्यो,’ उनले भनिन्। अन्तर्राष्ट्रिय सम्बन्ध समितिसँग राय नलिर्इ मस्यौदा आएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्।

सरकारले तयार गरिरहेको परराष्ट« नीति २०७७ का विषयमा छलफल गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक डाकिएको हो।  
 

प्रकाशित: Apr 18, 2021| 07:58 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।