शुक्रबार, भदौ १२, २०८३

प्रदेश १ : प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन अन्त्य गरिएको छ। 
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

विराटनगर - प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन अन्त्य गरिएको छ। 

गत माघ ७ गतेबाट सुरू भएको अधिवेशन आइतबार मध्यरातिदेखि अन्त्य गरिएको हो। मन्त्रिपरिषद्का आइतबार बिहान बसेको बैठकले अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी समक्ष सिफारिस गरेको थियो। 

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले अधिवेशन अन्त्य भएको विज्ञप्तिमार्फत् जनाएका छन्। संसदको आठौं बैठक अहिले केहीबेरमा सुरु हुँदैछ। आजको बैठक पनि अवरुद्ध गर्ने विपक्षी दलले बताइसकेका छन्। 

चालु आर्थिक वर्षमा लागि विनियोजित निर्वाचन क्षेत्र विकासको कार्यक्रमको बजेट सरकारले कटौती गरेपछि विपक्षी दलले चैत २६ देखि बैठक अवरुद्ध गर्दै आएका थिए।

र, याे पनि 

निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट घटेपछि प्रदेश १ मा लगातार संसद् अवरुद्ध

प्रकाशित: Apr 18, 2021| 07:29 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।