शुक्रबार, भदौ १२, २०८३

बहुमतको सरकारसँग निहुँ खोज्नुको अर्थ छैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकारसँग निहुँ नखोज्ने बताएका छन्।
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकारसँग निहुँ नखोज्ने बताएका छन्। केपी शर्मा ओली नेतृत्वको सरकार अहिले पनि बहुमतकै भएको उनको भनाइ छ। 

आइतबार आफ्नो निवास बूढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले बहुमतको सरकारसँग निहुँ खोजिरहनुको कुनै अर्थ नभएको बताए। 

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदासम्म ओली नेतृत्वको सरकार बहुमतमै रहने भएकाले विकल्प सोच्ने बेला नभएको देउवाको भनाइ छ। ‘अहिले पनि ओली नेतृत्वको सरकार बहुमतकै सरकार हो। बहुमतको सरकारमा हामीले निहुँ खोज्ने कुरा छैन,’ उनले भने। 

प्रधानमन्त्रीका लागि आफूले मरिहत्ते नगरेको भन्दै परिस्थिति आए नेतृत्व गर्नबाट पछि भने नहट्ने देउवाको भनाइ छ।

प्रकाशित: Apr 18, 2021| 07:19 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।